बनियानी, १० मंसिर। नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ प्रतिनिधिसभाका उमेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाता प्रति आभार सहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्वर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् ।
क्रममा सम्बोधन गर्दै नेता सिटौलाले तोकतन्त्रको अभ्यासमा हारजित स्वभाविक भएकोले कार्यकर्ता, शुभचिन्तक मतदातालाई निराश नहुन आग्रह समेत गरेका छन् । उनले यस क्षेत्रकोे विकासका लागि आफू संसदमा पुग्न नसके पनि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माण लगायतका काममा आफूले निरन्तर सहयोग गर्ने मतदातासित बाँचा समेत गरेका छन् । यस क्षेत्रमा प्रदेश (क) मा काँग्रेसले विजय हाँसिल गरेको छ भने स्थानीय तह अन्र्तगत भद्रपुर नगर पालिका र कचनकवल गाउँ पालिकामा मेयर तथा अध्यक्ष कांग्रेसले जितेको छ । सोही कारण समेत विकास निर्माणलाई अगाडि बढाउन काँग्रेसलाई कसैले रोक्न नसक्ने भन्दै आफुले जस्तो सुकै सहयोग पु¥याउने समेत सिटौलाले स्थानीय मतदातालाई बचन दिएका छन् ।
उनले आफ्नो अगुवाइमा आएका विकास निर्माण आयोजनाहरूलाई सफल पार्न आफू यही क्षेत्रमा रहेर निरन्तर लागि रहने भन्दै सधै जनताकै बिचमा रहने समेत बताएका छन् । सो कार्यक्रममा प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई अविर र मालाले सम्मान गर्दै कचनकवल गाउँपालिकाका विभिन्न वडाहरू परिक्रमा गरिएको थियो ।
कार्यक्रममा क्षेत्र नं. ३ (क) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भूमिप्रसाद राजवंशीले संघीय संसदमा कृष्णप्रसाद सिटौला पुग्न नसके पनि उहाँको सद्भावले यस क्षेत्रको उन्नतिमा निरन्तर लाग्ने वचन दिँदै मतदातासित आभार प्रकट गरेका छन् । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाली कांग्रेस कचनकवलका अध्यक्ष तुलाराम अधिकारी लगायतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेद्धार कृष्णप्रसाद सिटौला र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई मतदान गर्ने सबै मतदाता शुभचिन्तक लगायतलाई धन्यवाद दिएका थिए







