रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा कुनै पनि देशलाई तेल नबेच्ने र आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको प्रति ब्यारेल ६० डलरको मूल्य सीमा तोकेको छ ।

‘मैले पहिले नै भनेको छु कि हामी त्यस्ता निर्णय गर्ने देशहरूलाई बेच्दैनौं’, पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भने । ‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा विचार गर्नेछौं’ उनले भने । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक एउटा मूर्ख निर्णय भने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार