अभिषेख खतिवडा ,  जलथल । कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे ११ औ वार्षिक साधारणसभा भब्य कार्यक्रमको आयोजना गरि मनाएको छ । शुक्रबार हल्दिबारी-३ ढडुवामा एक कार्यक्रमको अयोजना गरि साधारणसभा मनाईएको हो । सभाको प्रमुख अतिथि तथा हल्दिबारी वडा नं-३ का वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले ब्यानर वाचन एवम पानसमा बत्ती बाली कार्यक्रम उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिष्णु प्रसाद ओलीले कल्याण बचत तथा ऋण सहकारीका कार्यसमिति सबै स्थानीय नै भएका कारण ढुक्कले बचत लगायत सहकारी अभियानमा जोडिन आव्हान गरेका थिए। त्यस्तै वडा सदस्य अजित कुमार बिष्टले सहकारीले बनाएका आगामी वर्षका निती तथा कार्यक्रम राम्रा भएकाले त्यसको कार्यान्वयन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । सगैमा कार्यक्रममा शिक्षा प्रेमी ॐ मिश्र, शुभप्रभात साकोस उपाध्यक्ष गोविन्द घिमिरे , महिला वडा सदस्य बिष्णु माया ढुङ्गेल ,जेष्ठ नागरिक खड्ग बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो।
संस्थाको अध्यक्ष नगेन्द्र आङ्गवोले संस्थाले वार्षिक रुपमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । अध्यक्षले सार्वजनिक गरेको प्रतिवेदनमा जम्मा पुँजी ३८ लाख ६१ हजार ९ सय ५०, कुल बार्षिक कारोबार ६ करोड ३४ लाख २६ हजार १ सय २२।५४ पैसा र शुद्ध नाफा ४ लाख ७३ हजार ३ सय १५ बराबरको कारोबार उल्लेख गरेको थियो। कार्यक्रममा उत्कृष्ट वचतकर्ता तर्फ कुमारी मेचे, त्यसैगरी उत्कृष्ट एवम असल ऋणी दिनेश मेचे, र उत्कृष्ट बाल तथा खुत्रुके बचतकर्ताको रुपमा उज्वल मेचेलाई पुरस्कृत एवम सम्मान गरिएको थियो। सस्थाले उत्कृष्ट ७ जेष्ठ नागरिक सगै एक कर्मचारी लाई सम्मान गरेको हो।सम्मानित हुने जेष्ठ नागरिकमा फुर्नी मेचे,फुलमती मेचे,युवराज गिरी,गायत्रा दाहाल ,खडग बहादुर थापा,समरु ठाकुर र तुलसा दाहाल र कर्मचारी सन्तोष मेचेलाई पनि सस्थाले सम्मान गरेको हो।
२०६५ सालमा स्थापित उक्त सहकारीमा हाल ९ सय १५ सदस्य रहेका छन । कार्यक्रम कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र आङ्गवोको अध्यक्षतामा उपाध्यक्ष डिल्ली राम ढुङ्गेलले स्वागत मन्तब्य र सचिव बोध कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार