आज  १७ फाल्गुण २०७९ बुधवारको राशिफल

मेष – मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

मिथुन – मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह – सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

तुला – तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

धनु – धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

कुम्भ – कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

बृष – वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट – कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

कन्या – कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

बृश्चिक – वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मकर – मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मीन – मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धन हानी हुनसक्छ । शेयर बजारले पनि साथ नदेला आहार विहारमा सावधानी अपनाउनु पर्नेछ, तर साँझमा धन खर्च भने रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार