झापाको हल्दिवारी गाउँपालिका -२ मा रहेको हल्दिवारी माविमा अध्यन गर्न चाहने विद्यार्थीहरुको लागी यहि बैशाख ८ गते प्रवेश परिक्षा दिनु पर्ने भएको छ ।
हल्दिवारी गाउँपालिकाकै नमुना माविको रूपमा शिक्षा सुधार गर्दै अगाडि बढेको हल्दिवारी माविमा नेपाली ,अङ्ग्रेजी र प्राविधिक धार तर्फ बाली बिज्ञानका कक्षाहरु संचालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक टंक प्रसाद पाख्रीनले बताउनु भयो ।
नेपाली मिडियम अध्यन गर्न कक्षा ५ देखी ९ सम्म , अङ्ग्रेजी मिडियमको लागी बाल कक्षा देखि ९ सम्म र बाली बिज्ञानका लागि ९ मा भर्नाको लागि बैशाख ४ देखि आबेद्न खुल्ला गरेकोमा दुई दिनमै सिट भन्दा बढिको आबेद्न आएको विद्यालयले जनाएको छ। हल्दिवारी माविमा बाल कक्षा देखि १२ सम्म निशुल्क अध्यन गर्न पाइने व्यवस्था छ भने हाल १३ सय ४० विद्यार्थी अध्यनरत रहेका छ्न ।
उक्त विद्यालयमा बाली बिज्ञान, साइन्स , एजुकेसन , कमर्स जस्ता बिषयमा अध्यन अध्यापन हुने गरेको छ । झापामा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको अवस्थामा हल्दिवारी लगायत केहि झापाका विद्यालयमा भने विद्यार्थीको आकर्षण बडदै गएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार