काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा  मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए  । सरकारले मिटरब्याजपीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार