झापा । भद्रपुरमा लागु औषध ब्राउन सुगरको बेचबिखन गर्ने एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ७ निवासी ३७ वर्षीय अजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
विश्वकर्माको घरमा ब्राउन सुगर कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले उनले लगाएको कालो रङको कट्टुको कम्मरको भागको इलास्टिकमा फोल्ड गरी कालो प्लास्टिकको टुक्रामा पोको बनाई लुकाइछिपाई राखेको २ ग्राम १२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
ब्राउन सुगर फेला परेपछि प्रहरीले उनको कोठाको दराजबाट तीन थान डिजिटल तराजु, विभिन्न कम्पनीको १६ थान मोबाइल समेत फेला पारेको छ ।
यता पक्राउ परेका कारोबारी विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालले बताए ।