सत्ता टिकाउनलाई , नोट बैंकले मात्र पुग्दैन,
यहाँ भोट बैंक पनि , चाहिदो रहेछ।
यो यहीँ नै हो सत्ताको , नागरिक बिधेयक,
जहाँ ? पास गर्नलाई , भारत नै चाहिदो रहेछ।।
काठमाडौंमा जाग्यो जनता , बालेन शाह सँग ,
धरानमा जाग्यो जनता , हर्क साम्पाङ् सँग ।
सत्तालाई चुनौती दिई यहाँ ,जनता फेरिदो रहेछ
भोटको अधिकारले यहाँ , लोकतन्त्र जोडिदो रहेछ।।
रबीले भोट बैंक जोड्यो , परदेशीको कथा सँग ,
परदेशीले आत्मा जोड्यो , घर परिवारको आत्मा सँग।
जनता शक्ति हो यहाँ , भोट बैंकले देश जोडिदो रहेछ
देशलाई परिवर्तन गर्ने यहाँ ,नयाँ बाटो पनि, मोडिदो रहेछ।।
आदिवासी जनतालाई यहाँ , देशको नागरिकता छैन ,
मधेसी पार्टीका नेतालाई यहाँ , देशलाई खाँचो छैन।
त्यसैले बिभेदतामा यहाँ , नागरिकताको बाटो हुदोरहेछ।
मधेसी र तराई भनी , हेला गर्ने सत्ताको पाटो हुदोरहेछ ।।
 जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेशिया
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार