भद्रपुर । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीकाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय देवेन्द्र थापा रहेकाे झापा कारागार भद्रपुरले जनाएकाे छ ।
आइतवार साँझ उनकाे स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएकाे र उनकाे साेही अस्पतालमा उपचारको क्रममा मृत्यू भएकाे कारागार प्रमुख माेहनलाल पनेरुले जानकारी दिएका छ्न ।
२०७८ साल असार १६ गतेदेखि लागू औषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाकाे कैद समयावधि ५ बर्ष रहेकाे कारागार प्रमुख पनेरूले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1