हल्दिबारी, १७ असार । हल्दिबारी गाउँपालिकामा ५५ जना क्यान्सरका बिरामी रहेको स्वास्थ्य साखा हल्दिबारीले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार क्यान्सरका ५५ जना, किड्नी पत्यारोपण गरेका ४ जना, डाइलोसिस गरिरहने १४ जना र मेरुदण्ड पक्षघातका बिरामीहरु ५ जना रहेका छन् ।
नेपाल सरकारले क्यान्सर, डाइलोसिस, किड्नी पत्यारोपण र मेरुदण्डका पक्षघात भएका बिरामीलाई मासिक औषधी उपचार खर्च पाच हजार दिने निर्णय अनुसार हाल सम्म गाउँपालिकामा दर्ता भएका बिरामीहरुको संख्या ७८ जना पुगी सकेको छ ।
स्वास्थ्य शाखाले दिएको तथ्याङ्क अनुसार वडा नं. १ मा १९ जना क्यान्सर, ४ जना डाइलोसिस, २ जना किड्नी पत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् ।
त्यसैगरि वडा नं. २ मा १७ जना क्यान्सर, ४ जना डाइलोसिसर एक जना मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् । त्यस्तै वडा नं. ३ मा ५ जना क्यान्सर, ३ जना डाइलोसिस, १ जना किड्नी पत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् ।
त्यस्तै वडा नं. ४ मा ४ जना क्यान्सर, २ जना डाइलोसिस, १ जना किड्नी पत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् । त्यसै गरी वडा नं. ५ मा १० जना क्यान्सर, १ जना डाइलोसिस, १ जना किड्नी पत्यारोपण र एक जना मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् ।
यी माथिका रोग लागेका बिरामीहरुलाई नेपाल सरकारले मासिक पाँच हजारका दले प्रत्येको बिमारीको बैङ्क खातामा रकम उपलव्ध गाराउन थालेको छ ।