हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा गत बर्षको तुलनामा चालु प्रशासनिक खर्चमा अध्याधिक वृद्धि भएको पाइएको छ । पालिकाले दिएको खर्च विवरण अनुसार आर्थिक बर्ष २०७८÷०७९ र आर्थिक बर्ष २०८९÷०८० को तुलना गर्दा चालू खर्चतर्फ अध्याधिक बृद्धि भएको पाइएको हो ।
पालिकाले दिएको खर्च बिबरण अनुसार आर्थिक बर्ष २०७८÷०७९ को तुलनामा आर्थिक बर्ष २०७९÷०८० मा अधिकांश खर्च शिर्षकमा बृद्धि भएको पाइएको छ
पालिकाले दिएको बिबरण अनुसार कुन शिर्षमा कति बढ्यो ः
आ ब २०७८÷०७९ मा पोशाक ४ लाख ३३ हजार २ सय ८७ रूपैयाँ खर्च भएकोमा आब २०७९÷०८० मा बढेर ७ लाख सत्तरी हजार तीन सय खर्च भएको छ । त्यस्तै मंहगी भत्ता ६ लाख ६४ हजार खर्च भएकोमा बढेर ८ लाख १२ हजार पुगेको छ । कर्मचारीको बैंठक भत्ता ३ लाखबाट बढेर ७ लाख ६६ हजार ८ सय ६८ रूपैयाँ पुगेको छ । अन्य भत्ता ५० हजार रुपैयाँबाट बढेर ७ लाख १५ हजार आठ सय ७१ रूपैयाँ पुगेको छ ।
त्यसैगरी पानी तथा बिजुली खर्च ३ लाखबाट बढेर १४ लाख २९ हजार छ सय ४४ रूपैयाँ पुगेको छ । सञ्चार खर्च ७ लाखबाट बढेर ११ लाख ४२ हजार ६ सय ३५ रूपैयाँ खर्च भएको छ । सवारी साधन मर्मत खर्च १३ लाख ९९ हजार ६० रूपैयाँबाट बढेर १९ लाख ९५ हजार चार सय ३४ रूपैयाँ पुगेको छ ।
बिमा तथा नवीकरण खर्च १ लाख ८१ हजार ९ सय ६१ रूपैयाँबाट बढेर ४ लाख ९५ हजार पुगेको छ । मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च ७ लाखबाट बढेर ११ लाख ९९ हजार ७ सय ३९ रूपैयाँ पुगेको छ । निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च ५० हजारबाट बढेर ५ लाख १५ हजार ७१ रूपैयाँ पुगेको छ ।
मसलन्द तथा कार्यालय सामाग्री खर्च ६ लाख ४९ हजार ९ सय ४५ रूपैयाँबाट बढेर ३५ लाख ४५ हजार ५४ रूपैयाँ पुगेको छ । पुस्तक तथा सामग्री खर्च ८० हजार ९ सय ६१ रूपैयाँबाट बढेर ३५ लाख ३१ हजार ७ सय ३३ रूपैयाँ १५ पैसा खर्च भएको छ । पत्रपत्रिका छपाई तथ सूचना प्रकाशन खर्च १० लाख खर्च भएकोमा बढेर ११ लाख ४३ हजार ४ सय ४५ रूपैयाँ पुगेको छ । त्यसैगरी सूचना प्रणाली तथा सफ्टवेयर संञ्चालन खर्च १० लाखबाट बढेर २१ लाख ३५ हजार ३ सय ३८ रूपैयाँ पुगेको छ ।
कार्यक्रम खर्च ९ लाख ९५ हजार ५ सय ३३ रूपैयाँबाट बढेर ५ करोड ३६ लाख तीन हजार ६ सय ५३ रूपैयाँ ४३ पैसा खर्च भएको छ । विविध कार्यक्रम खर्च १ लाखबाट बढेर ७ लाख ३७ हजार ७५ रूपैयाँ पुगेको छ । भ्रमण खर्च ८ लाखबाट बढेर ११ लाख ४२ हजार ६ सय ९७ रूपैयाँ पुगेको छ । विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च ५९ हजार ५ सयबाट बढेर १ लाख ४० हजार ६ सय ४० पुगेको छ । विविध खर्च १६ लाखबाट बढेर ३३ लाख सात सय ६२ रूपैयाँ पुगेको पाईएको छ ।
यता हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनलले पालिकाले निर्माण गरेको हस्पिटलमा डाक्टर, नर्स तथा कर्मचारी बृद्धि, पालिकाको कामलाई छिटो र छरितो सेवा दिने उदेश्यले पालिकामा कर्मचारी थपिएको, जेसीबि प्रयोगसँगै पालिकामा ३ वटा मोटरसाइकल थप गरिएकाले इन्धनमा बृद्धि भएको बताए । उनले समयानुसार पालिकाको बिकास र सेवालाई चुस्तदुरुस्त राख्नका लागि पनि खर्च हुने भएकाले खर्च बृद्धि भएको बताए । उनले कसैले पनि ब्यक्तिगत फाइदाका लागि खर्च नवढाएकाले पालिकाको बिकासकै लागि खर्च बढेको जानकारी दिए ।