कविता : “दुई शब्द”

 

त्यो दुईटा , यस्तो शब्द हो
जसले?मान्छेलाई , हाँस्न सिकाउछ।
त्यो दुई शब्दको , यस्तो व्यबहार हो
जसले मान्छेलाई , बाँच्न नि सिकाउछ।।
मुखको बोली , चलाए गोली ।
नचलाए भरिन्छ , मित्रताको झोली ।।

त्यो दुईटा , यस्तो शब्द हो
जसले मायामा , फसाउन नि सक्छ ।
त्यो दुई शब्दको , यस्तो व्यबहार हो
जसले मान्छेलाई ,घृणामा खसाउन नि सक्छ।।
मायाको डोली , कि त आशुका खोली।
रगत रगतमै , कि त खेलिन्छ होली ।।

त्यो जीवनको , यस्तो आकार हो
जसले दुख लाई ,भुलाउन नि सक्दछ।
त्यो जीवनको , यस्तो अहंकार हो
जसले आफु जलेर ,अरुलाई जलाउन नि सक्दछ।।
हाँसोको पुकार , जीवनको चित्कार।
जहाँ हुन्छ आत्मा , त्यहाँ देखिदैन संसार।।

त्यो दुईटा , यस्तो शब्द हो
जहाँ ज्ञान र अज्ञानको घमण्डले, डुवाउन नि सक्दछ।
त्यो दुई शब्दको , यस्तै व्यबहार हो
जहाँ स्वभावले शिर , उठाउन र झुकाउन पनि सक्दछ।।
जहाँ इर्श्या , त्यही तिरस्कार
तिक्तताले भरिएमा , चिनिदैन अनुहार।।

 जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल :-३, दल्की झापा
हाल :- मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार