व्यङ्ग्य कविता : “हामी सांसद”
हाननीय सदस्य घ्यूहरु लु बैठक भो है सुरु
सुन्दरीका पतिहरुलाई बोल्न दिन्छु खुरुखुरु
बाली बस्नुस् त हैन निर्मला पति रोस्ट्रम घेर्छौ
ठोक सेवाका कर्मचारी छेक्ने प्रयास लुरुलुरु!
हाम्रो आफ्नो कतै निजि घर देश हुँदैन
हाम्रो आफ्नो कुनै पनि निजी भेष हुँदैन
सधैं छेपाराले जस्तै मौसमी रङ बदल्छौ
त्यसैले हाम्रो कुनै स्थाइ परिवेश नै हुँदैन!
हामीले खाने कुनै निश्चित अन्न फल हुँदैन
सुन देखि नुन सम्म नखाइ तागत बल हुँदैन
बस्ने गगनचुम्बी भन्दा सानो त महल हुँदैन
भाग बन्डामा सधैं हानाहान छ्लफल हुँदैन!
हामी कतै जादा पाडो चढ्छौ साइकल हुँदैन
सुन देखि नुन खान्छौ नखाने माइकलाल हुँदैन
हामीले रोस्ट्रम नघेरेको कुनै महिना साल हुँदैन
हामी उफ्रिन्छौ कुद्छौ हाम्रो निश्चित चाल हुँदैन!
निजि घर नै छैन तर हाम्रो बस्ने घर बाहाल हुँदैन
जुट्छौ फुट्छौ त्यसैले निश्चित खवर हाल हुँदैन
बहर गोरुको कुनै आफ्नो निश्चित नै चाल हुँदैन
हामीले घण्टा बजाएर पनि कतै केही बाल हुँदैन!
हाम्रो आफ्नो बारीमा फलेको कुनै निश्चित वाद हुँदैन
टेवल फोर्छौ माइक भाच्छौ रोस्ट्रम घेर्छौ साध हुँदैन
हामी जंगली हौं एक ठाउँमा बसिरहन सक्दै सक्दैनौं
कत्ति पटक रोस्ट्रम घेर्यौ कुटाकुट गर्यौ याद हुँदैन!
मान्छेले चिया खान्छन् हामी त चिया बारी नै खान्छौ
ओम्नि निदाउने यति रोगको उपचार गर्न विदेश जान्छौं
नुन सुन लाज सरम घिन मज्जाले नै चपाएरै खान्छौ
किड्नी दाइलोसेस गर्दैनौं सुनका डल्ला नै हाल्छौं!
हामी आफ्नो भएभरको सम्पत्ति राज्यलाई दान गर्छौ
नुन देखि सुन सम्म खान आपसमा तानातान गर्छौ
भित्रभित्रै मिलेर भाग लगाइ आपसमा मिलेर खान्छौ
तर केवल दुनियाँलाई देखाउन मात्रै हानाहान गर्छौ!
राज कुमार कार्की
धन्यवाद ।
शुभ बिहानी।
कृपया यो व्यङ्ग्य कविता कसै प्रति लक्षित होइन जीवन जगतसँग कतै कसैसँग मेल खाएमा संयोग मात्रै मानिदिनु होला।