हात्तीको महिमा बुझेर नेपाल सरकारले योजना ल्याउने हो भने पक्कै नेपालको आम्दानी बढ्ने निश्चित छ । यस तर्फ स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तीन वटै सरकारमा  बस्नेहरूको ध्यान हात्ती आतङ्क,  त्यसबाट भएको बालीनाली घर आदिको क्षति, घरको मूलीको मृत्यु बाट आर्थिक स्थितिमा देखिएको तनाव यस्ता विषयले हात्ती पीडित क्षेत्रका बासिन्दालाई बर्षेनी बिर्सनै नसकिने गरि दुखि बनाएको छ । हात्ती नियन्त्रणको नाउँमा स-सना संस्था हरू खोलिएको छ तर आर्थिक अभावका कारण ती  संस्थाका प्रतिनिधिहरू पनि मूकदर्शक मात्र  बन्न बाध्य बनेका छन । झापाको क्षेत्र नम्बर -१ को बाहुण्डागी, शान्तिनगर, भद्रपुर र झापाका अन्य केही क्षेत्रमा पनि हात्तीको  आतङ्कले किसानलाई पीडामा पारेको कारणले मात्र मानिसले हात्तीलाई खेद्न वाध्य भएको पाईन्छ । यसरी हात्ती  नेपाल सरकारको नीतिमा हात्तीलाई केही गर्न नपाइने भएको  कारण आतङ्कित क्षेत्रका जनता पीडित छन, ।
           मेरो बिचारमा हात्तीलाई दुई प्रकारले नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्छ। 
पहिलो,  हात्तीलाई नेपाल सरकारको लगानी र स्थानीय सरकारको निगरानीमा योजना बद्ध तरिकाले हात्ती कोरिडोरको व्यवस्था गरि हात्तीलाई मेचिनगरको बिहुण्डागी क्षेत्रमा व्यवस्थित रूपमा राख्ने हो भने विदेशी पर्यटकहरू भित्र्याउन सकिन्छ, विदेशी पाहुना बाट आउने डलर आम्दानी गर्न सकिन्थ्यो , त्यसको आम्दानीबाट सम्बन्धित पीडित क्षेत्रका जनताले पनि राहत को सास फेर्न पाउँथे ।
दोस्रो ,  हात्तीलाई संसारको ठूला ठूला कुनै वस्तुले तर्साउन सक्दैन, हात्तीलाई मार्न पाईदैन, देशको सिमानामा तार बार, सोलार फेन्सिङ तार जडान गर्दा पनि रोक्न सकिएन, पटाका पड्काउदा पनि तर्सिएन, त्यस क्षेत्रका जनतालाई हात्तीलाई भगाउनका लागि लाईट बितरण गरियो, यस्ता व्यवस्था गर्दा सरकारको बर्सेनि करोडौ रकम खर्च हुदैछ, तर हात्ती रोकिएन, क्षति बढ्दै गएको छ । हात्तीलाई रोक्नका लागि सानो प्रजातिको जीव जस्तै:- माहुरी, खागो,  बारुला जस्ता प्रजातिका जीवहरूलाई हाम्रो देशको सिमाना भरि त्यसको आहारा सहित पाल्ने हो भने, ती जीवहरू हात्तीको कानमा भुनभुनिन पुग्छन, हात्तीको कानमा उक्त आवाज भुनभुनिए पछि हात्तीहरू भाग्न थालेपछि हाम्रो बाली पनि जोगिन्छ साथै माहुरी, बारुला र खागोले उत्पादन गरेको मह पनि बिक्री हुन्छ, आम्दानीको श्रोत पनि बढ्ने  हुँदा सो विषयमा सरकारले अनुसन्धान गर्न जरुरी देखिन्छ। त्यसैले सरकारको त्यस तर्फ ध्यान पुगोस भनेर आग्रह र अपिल गर्दछु । उदाहरणका लागि तपाई हाम्रो कानमा लामखुट्टे भुनभुनिदा जसरी हामीलाई झस्काउछ, कसरी मार्नु भन्ने सोच आउछ तर मार्न सक्दैन त्यस्तै हात्तीलाई पनि त्यही प्रकृतिको झस्काएर भगाउन  जरुरी देखिन्छ।
    ( हात्ती दिवसलाई लक्षित गरि हिजो श्रावण-२७ गते नै लेख्नु पर्ने थियो तर हिजो एकादशी व्रत पनि हो, वडा नम्बर-८ को वडा भेला पनि थियो, समयको सदुपयोग गर्नपनि सकिएन त्यसैले नतमस्तक भई एक दिन ढिला गरि श्रावण-२८ गते हात्ती दिवसको लेख मार्फत शुभकामना पस्कन्छु,  अन्यथा लिई दिनु हुनेछैन। )
    “   विश्व हात्ती दिवसको उपलक्ष्यमा शुभकामना “
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार