हल्दिवारी , धुर्वतारा बहुउद्देश्य विधुत उपभोक्ता समितिको खुल्ला २ सदस्यमा सहमति हुन नसकेपछि मतदान भएको छ ।

बिहान ८ बजेबाट शुरु भएको निर्वाचन बेलुकी ४ बजे सम्म लाई निर्धारण गरिएको निर्वाचन समिति संयोजक पुस्तक राज नेपालले जानकारी दिनु भयो ।

धुर्वताराका १४९३ सदस्य रहेका छ्न भने १७ सदस्य कार्यसमितिको लागि १५ जना सर्वसम्मत निर्वाचित भएका छ्न भने २ सदस्य को लागी ३ जना बिच सहमति हुन नसक्दा निर्वाचन गर्नु परेको समितिका अध्यक्ष धनकेसर बस्नेतले बताए ।

निर्वाचन पश्चात् मत गणना भने वडा कार्यालय जलथलमा लगेर आजै बेलुकी देखी गरिने निर्वाचन समितिले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार