झापा । तीन दिनअघि झापाको दमकमा छुरा प्रहार गरी हत्या गर्ने घटनाका मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।

दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच ग्याङ फाइट हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार साँझ सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपराह्न पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक १ का २२ वर्षीय आनन्द भुजेल,दमक ७ कै १८ वर्षीय सवास आलम,दमक १ कुमाल चौकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक १ का २५ वर्षीय नामुद थेबे,२२ वर्षीय राजकुमार भुजेल,२६ वर्षीय आकाश केरुङ,दमक ७ का २३ वर्षीय राहुल श्रेष्ठ,२८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली ४ का ३१ वर्षीय सन्दीप राई, सोही पालिका ३ का ३८ वर्षीय सूर्य केरुङ,३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ जना र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी १ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि दमक १ स्थित कुमाल चौकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्या लगत्तै उनी फरार भएका थिए । उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी रिजालले बताए ।

फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्र खड्का,इप्रका दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा,झापा प्रहरीले संयुक्त टोली परिचालन भएको थियो । मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा विराटनगर महानगरपालिका ९ स्थित सन्सारी मन्दिर छेउ झाडीमा फ्यालेका थिए । सो छुरा फेला पारी बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार