जनक राजवंशी । हल्दिबारी, ०१ कार्तिक । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता हल्दिबारी गाउँपालिका वडा नं। २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा चलि रहेको छ ।
आज पाँचौ दिनको पहिलो खेल डि सि टि ब्लु र दयालु क्रिकेट टिम बिच भएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको डि सि टि ब्लु ले निर्धारित १५ ओभरमा आरिफ अलिको २९, बिकास जबेगुको १५, पवन धमलाको १४ र विज्ञान बस्नेतको १४ रनको मद्द्तमा ९१ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा दयालु क्रिकेट टिमले ६० रन मात्र बनाउन सकेको थियो। बलितङ तर्फ डिसिटी ब्लु का विज्ञान बस्नेतले ३ वीकेट लिन सफल भएका थिए । कसिलो बलिङ र ब्याटिङ्ग गरि अलराउण्ड प्रदर्शन गरेका विज्ञान बस्नेत म्यान अफ दी म्याच घोसित भएका थिए । खेल डि सि टि ब्लु ले ३१ रनले जितेको थियो ।
त्यसैगरी आजै भएको दोस्रो खेल बिरेन्द्र नमुना क्याम्पस र जामुनबाडी क्रिकेट टिम बिच भएको थियो । टस हारेर ब्याटिङ्गको तिम्तो पाएको जामुनबाडीले पहिलो ब्याटिङ गर्दै केशब चौधरीको ३१ र आयुष न्यौपानेको २५ रनको मदतमा १४ ओभरमा अलआउट हुदै ९० रनको योगफल बनाएको थियो । जवाफि ब्याटिङ्गमा उत्त्रीएको बिरेन्द्र नमुना क्याम्पस १३ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्र बनाउन सफल भएको थियो । बलिङ्ग तर्फ सागरले २ र अनिसले ३ विकेट लिएका थिए । ९ विकेट गएको अवस्थाबाट बिस्पोटक ब्याटिङ्ग र कसिलो स्पेल बलिङ्ग गरेका जामुनबाडी क्रिकेट टिमका आयुस न्यौपाने म्यान अफ दी म्याच भएका थिए । खेल जामुनबाडी क्रिकेट टिमले ३२ रनले जितेको थियो ।
उक्त खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु।४०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु।२५,०००।– मेडल ट्रफी पाउने छन् ।