जनकपुर । घाँटीमा लगाउने सिक्रीको विषयमा विवाद भएपछि महोत्तरीमा एक युवकको हत्या भएको छ । जिल्लाको पिपरा गाउँपालिका ५ हर्दिया बस्ने राजनारायण पासवानको छोरा अन्दाजी वर्ष १९ का वसन्त पासवानको हत्या भएको हो ।
दुई जना भारतीय युवकले पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद हुँदा भारत बिहार मधुबनि जयनगर घर भएको वर्ष १९ का दीपक मलिक र मधुबनि साहारघाट बसबरिया घर भएका वर्ष १८ का अमित मलिकले छुरा प्रहार गरी पासवानको हत्या गरेको डीएसपी गिरीले बताए ।
हत्यामा संलग्न आरोपमा पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1