हल्दिवारी २ ले किसानलाई नि:शुल्क आलु र तोरीको बिउ वितरण हल्दिबारी संवाददाता शनिबार, मंसिर ०९, २०८० हल्दिवारी , ९ मङ्सिर । हल्दिवारी गाउँपालिका वडा नम्बर २ ले किसानलाई तोरीको बिउ तथा आलुको बिउ वितरण गरेको छ । वडा अध्यक्ष शुकलाल राजवंशी दिएको जानकारी अनुसार हल्दिवारीका किसानलाई आलु र तोरी खेतीमा प्रोत्साहन गर्ने हेतुले वडाको कृषिको सिलिङ बजेट ३ लाख मार्फत निशुल्क वितरण गर्न लागेको हो किसानले प्राप्त गरेको आलु र तोरीको बियुको ५० प्रतिशत पछि उत्पादन भएपछि फिर्ता गर्नु पर्ने समेत किसान सग सम्झौता गरिएको छ । अध्यक्ष राजवंशीका अनुसार किसानबाट फिर्ता भएको आलु र तोरी हल्दिवारी २ का सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई दिवा खाजामा सहयोग गर्न लागिएको छ । किसानले तोरी ३ केजी देखी १४ केजी सम्म प्राप्त गरेका छ्न भने आज वितरण गरिएको आलु किसानले १० देखि २० केजि सम्म उनीहरुको जमिनको डकुमेन्ट अनुसार वितरण गरिएको अध्यक्षले जानकारी दिनु भएको छ । आलु वितरण कार्यक्रममा वडा सदस्यहरु रचना राई , गणेश कुमार मगर ,अम्बिका तोलाङ्गी , बिस्णु कुमार राई वडा सचीव मदन कुमार थापा लगायत पत्रकार समेतको उपस्थित रहेको थियो याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे? +1 0 +1 2 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email Post Views: 887