पेचिङ । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो ।
लोकल एनेस्थेसियाका कारण शल्यक्रिया भइरहँदा बिरामी चलिरहिन् । उनले आफ्नो टाउको चलमलाइन् अनि आँखा पनि धेरै पटक डुलाइन् । बिरामीलाई स्थानीय भाषा मात्रै बोल्न आउँथ्यो । डाक्टरले मन्दारिनमा दिएको चेतावनी उनले बुझिनन् । यस घटनामा बिरामीको निधारमा चोट लागेको स्थानीय अधिकारीहरुले बताएका छन् । यो घटनापछि अस्पताल व्यवस्थापनले माफी माग्दै पीडितलाई ५०० येन क्षतिपूर्ति दिएको बताइएको छ । अहिले ती वृद्धाले बायाँ आँखाले केही पनि देख्दैन ।
उनको आँखा सोही घटनाका कारण अन्धो भएको हो कि होइन भन्ने चाँहि स्पष्ट छैन । यो घटनाबारे आफूले मुख्यालयमा जानकारी दिन नसकेको एइएर चाइनाले भनेको छ । बिहीबार कम्पनीले यो घटना घटेको अस्पतालका सीईओलाई बर्खास्त गरेर सर्जनलाई निलम्बित गरेको छ । ती डाक्टर अस्पतालको डिन समेत भएको बताइएको छ । घटना सन् २०१९ को डिसेम्बरको भएपनि यो हप्ता चीनका चर्चित डाक्टर एई फेनले सर्जरीको सीसीटीभी फुटेज शेयर गरेपछि भिडियो भाइरल भएको थियो । साभार राताेपटी
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1