गजल “गरु बिषपान ”
ओ जिन्दगी अब तिमी नै भन
कति म गरु विषपान !
कहा कहा खाउ ठोक्कर
कति सहू अपमान !!
मेरो जरूरत मेरो अभाबमा
अब भारी भइरहेछ !
जीउन कोशिश यो जिन्दगी
आफै किन बहकी रहेछ !!
लाख कोशिशको बाद पनि
निस्किएन कहीं समाधान l
हातले छोएर खाए कसम
यो नजरले -नजर सेकिरहेछ !
जो नजरलाई आवाज़ लगाउछु
किन बन्द नजर लगाउछिन !!
मौन छु सोचेर त्यो तन मन
किन लाग्दैछ जीवन भयावान !!
संघी – सम्बन्धी रिस्तेदार अब मसंग आँखा छुपाउन लागे हैं !
साथी पनि यो अबस्था देखेर
मबाट टाडा टाडा भागे है !!
मेरो जीवन अब आफैलाई
हठात किन ड़र लाग्यो है l
-देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1