जहिलेदेखि मुस्कुराउन सिखे ,
दिलमा दर्द लुकाउन सिखे ।
मिली – जुली गर्नेहरु संग ,
आँखा जुधाएर बोल्न सिखे ।
अब रहने छैन समस्या ,
सबै संग मजाक गर्न सिखे ।
अति सहनशील थिए ,
अति सदा वर्जित हुँदै सिखे ।
ज़ब दु:ख हुँदा तब सुख –
प्रतीक्षारत हुन्छ यो पनि सिखे ।
दुनियाभरको दुःख मेरो होइन ,
मानेर नै हाँस्न सिखे ।
केही मान्छेले भन्छन नै ,
मान्छेको काम हो भन्ने ।
मान्छेहरुको जबरदस्तीलाई नजरअन्दाज गर्न सिखे ।
चार दिनको हो ज़िन्दगानी,
हाँसी -हाँसी बिताउनु छ है ।
सबैका लागि बॉच्नु छ यहाँ ,
आफ्नो लागि पनि बॉच्न सिखे ।
-देवेन्द्र किशोर ढुङगाना
बिर्तामोड़, झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1