आज २०८० साल माघ २९ गते साेमबारको राशीफल ।

मेष : परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

वृष : समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ।

मिथुन : परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

कर्कट : हरेक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ऋणको भार थपिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीले नाम र दाम दुवै उपलब्ध हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कन्या : परिवारबाट सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासले राम्रो नतिजा दिनेछ।

तुला : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अचानक पुरानो रोगले सताउने जोखिम छ। आफन्त र परिवारले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो लाभ हुनेछ।

वृश्चिक : आफ्नाबाट अपमानित भएको सुन्नुपर्ने हुनसक्छ। शिक्षाबाट फाइदा हुनेछ। स्वास्थ्य अवस्थामा कुनै जोखिम छैन। सामाजिक क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गर्ने उपयुक्त समय होइन।

धनु : दिन सामान्य राम्रो छ। आँखा र मस्तिष्क सम्बन्धी समस्या देखिन सक्छ। बिहान सूर्यलाई जल चढाएमा समस्या कम हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। विदेशमा हुनुहुन्छ भने लाभ हुनेछ।

मकर : आफ्नै कारण हरेक ठाउँमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। बन्धुबाट सकारात्मक सुझाव प्राप्त हुनसक्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ।

कुम्भ : हुनमानको पूजा गर्नु फाइदाजनक हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। परिवार र साथीभाइको सहयोग मिल्नेछ। समाजमा प्रशंसा हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार