हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ मा रहेको धार्मिक तथा पर्यटकिय स्थल सुरेश्वर स्वर्गद्वारी क्षेत्रमा आजदेखी मार्कण्डेय पुराण सुरु भएको छ ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोराको सभापतित्व तथा संविधानसभा सदस्य माननिय केदार प्रसाद संजेलको प्रमुख आतिथ्यतामा पुराणको उद्घाटन प्रमुख अतिथि संजेलले गर्नु भएको छ । उद्घाटनमा प्रमुख अतिथि संजेल, छिमेकी राष्ट्र भारत निवासी सहयोगीदाता नेत्रराज क्षेत्री (थापा), स्थानिय समाजसेवी धन बहादुर सावा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पुराण उद्घाटन कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोराले पुराण लगाउनुको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । उक्त अवसरमा सुरेश्वर स्वर्गद्वारी शिवालयको पर्यटन तथा धार्मिक महत्वलाई साथ र सहयोग स्थापना कालदेखि गर्नु हुने भारतीय कार्गिल सहिद परिवार कि मन्जु थापा क्षेत्री र उहाँका देवर नेत्रराज थापा क्षेत्रीलाई सम्मान पत्र सहित दोसल्लाहा ओढाएर सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा स्वागत लाल बहादुर कन्दङ्वाले गर्नु भएको भएको थियो भने कार्यक्रममको सहजिकरण देवीका अधिकारीको रहेको थियो ।
आजदेखी सुरु भएको मार्कण्डेय पुराण फाल्गुण २६ गते सम्म संचालन हुने छ भने पुराण प्रमुख कथा वाचक पं. प्रदीप भण्डारी र उपभाचकमा पं. अनिसकृष्ण भण्डारी रहनु भएको छ ।
। पुराणको अन्तिम दिन पुराणका दाताहरु, ज्येष्ठ नागरिक र ८औं पुराण आइसक्दा सम्म सहयोग पु¥याउने महानुभाव र संचारकर्मीलाई समेत सम्मान गरिने संस्थाका अध्यक्ष बोहोराले जानकारी दिनु भएको छ ।
उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि संजेलले यस क्षेत्रको दिगो बिकासमा सहयोग पुर्याउने वचन दिदै विभिन्न दाताहरुबाट मन्दिरको मुल गेट , हनुमानको मन्दिर , साथै मन्दिरको रंग रोकन गर्न गरि यसलाई स्वर्गद्वार बनाउन लागि पर्ने बताउनु भएको थियोे ।