कविता: “ए शिक्षक तिमी चुपचाप बस!”
ए शिक्षक तिमी चुपचाप बस !
रमरौस गर्न त नेता हुनुपर्छ , राजखान्दानको जीवन शैली जिउन त साम्सद ,मन्त्री हुनुपर्छ ,
मेयर अध्यक्ष बनेर शानको जिन्दगी जिउन ,
राज्यको सम्पत्तिमा राज गर्न जनप्रतिनिधि हुनुपर्छ ,
एउटा वास (वडा सदस्य )को जति पनि हैसियत नहुने
ए शिक्षक तिमी चुपचाप बस!
तिमी त पिन्जडाको चरी, दिएको दाना पानीमा स्वास धानेर दिनरात गन्दै स्वतन्त्र जीवनको याचनामा चिर्बिरचिर्बिर आवज गुनगुनाउनु बाहेक
अरु के नै गर्न सक्छौ ? तिमी त कहि नबिकेर शिक्षक बनेको कर्ममै हारेर आएको मान्छे
ए शिक्षक तिमी चुपचाप बस!
तिमीलाइ मीठो खाने , राम्रो लाउने अनि घरपरिवार र बालबालिकासङ रमाउने दसैं बाहेक
ऐनमा नै छैन, त्यो पनि हामी नेता र कर्मचारीले दयामाया गरेर लेखिदिएको ,
हिजो तिमीले नै त हो हामीलाई शासक बनाएको
अब त हामी जान्दो गरिहाल्छौ नि ! हिजो भुमिगत बनेर किसान मज्दुर सबैसँग परिचित गराउदै राजनितीको जग बसाएर हामी जस्ता ल्वाठलाई
सत्ताको साचो बुझाउने थुइक्क तिम्रो बुद्धि !
आज कानुन हाम्रो हातमा छ
राज्यको ढुकुटी हाम्रो साथमा छ
हामीलाई कस्ले छेक्नसक्छ अनि रोक्न सक्छ ?
दुई दिनको जिन्दगी ! देश लुछिन्छ ,चुसिन्छ मोजमस्ती गरिन्छ किनकी हामी त नेता हो
अनि जनप्रतिनिधि , शिक्षक तिमीलाई त्यो हैसियत छैन , हामीत कर्ममै खुइलेको तालु ठूलो भाग्य लिएर आएका तिमी शिक्षक माथी पनि शासन गर्न जन्मेका , शिक्षक यो चैते सेसनको अन्त्यमा पनि
आफ्ना बालबालिकाको घुम्फिर गर्ने रहर कुन्ठीत गर्दै कुजिएर बस्नुको बिकल्प छैन यो हाम्रो फर्मानको बिरोध गरे हामी जे पनि गर्न सक्छौ …
ए शिक्षक तिमी चुपचाप बस !!!
✍लक्ष्मी चुडाल