गर्मीमा हुने छाला सम्बन्धी अवुर्द रोग विश्वव्यापी छ । गर्मीमा हामीले थाहा नपाइकन टाउकोमा घाउ हुन सक्छ । घाँटीमा देखिने खटिरा पनि हुने गर्छ । ओठमा तथा कानमा आउने खटिरा भयानक हुने गर्दछ । छालामा आउने कालो दाग घामको विकिरणको कारण हुने बताइन्छ ।

छाला विशेषज्ञकोमा जाने सुझाव
छालामा देखिएका समस्या या टाउको वा घाँटीमा देखिने विरामको उपचारको लागि अस्पतालमा छाला रोग हेर्ने चिकित्सकको जान सुझाव दिइन्छ ।
तपाई गर्मीमा घाममा नहिँडनुस यसबाट निस्कने अल्ट्राभ्वाइलेट विकिरणले छाला सम्वन्धी अवुर्द रोग श्रृजना गर्दछ । जसकारण तपाईँको छालामा कालो धव्वा वा दाग देखिन सक्छ ।

घरबाट बाहिर जाँदा के गर्ने ?
घाउ खटिराहरु चलाउँदा दुख्ने, चिलाउने हुन सक्छ । घर बाहिर घुम्न गएको समय वित्तिकै नुहाउन सकिन्छ । विभिन्न छाला सम्बन्धि लोसन लाउन सकिन्छ । छायाँमा बस्ने वानी राम्रो हो । घाममा जाँदा आफ्नो शरिरलाई ढाक्ने पुरा कपडाको प्रयोग गर्न सकिन्छ । क्याप या ह्याटको प्रयोग गर्नु पर्छ । आफ्नो जीवन चर्या, बजेट अनुसारको सनस्क्रिन लाउन सकिन्छ ।

अल्ट्राभ्वाइलेट विकिरण
घाममा भिटामिन डि मात्र पाइँदैन । यसमा सूर्यको तेजबाट विभिन्न विकिरण पनि निस्कन्छ । यस्तो विकिरणको कारण कान, अनुहार, घाँटी र हातमा खटिरा आउने हुन्छ ।

घाममा धेरै वेर वस्दा डिएनएमा हानि हुन्छ जसकारण हाम्रा छालाका कोषहरु गलत प्रभाव रहन्छ । युभि विकिरणले शरिरमा हानी पु¥याउँछ । रापिलो घामको तापबाट शरिरमा फोका, घाउ, खटिरा तथा पास्नेको डर रहन्छ ।

शरिरको कोषहरु मर्दै जादा हुने घाउ खटिराको फैलावट जसले शरिरभरीका रक्तकोषहरु मारेर पैदा हुने धब्दा वा कालो दागलाई छालाको अर्वुद्व रोग भनिन्छ । यस अवस्थामा हामी चिकित्सकको गई विभिन्न थेरापीहरु लिन सक्छौं ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार