समिर न्याैपाने/काठमाण्डाै । स्वस्थ्य जिवन रहन मानिसले सन्तुलित आहार लिनुपर्दछ । मानिसले मौसम अनुुसारको हरियो सागपात, गेडागुडी, केराउ, माछा, अण्डा, दुध, मासु, फलफुल जस्ता पौष्टिक आहारको प्रयोग गर्नु पर्छ ।

हामीहरु पिरो र मसलादार खानका पारखी भएका छौं । पिरो खानाले हाम्रो शरिरमा रहेको चिल्लो पदार्थ बढने बताइएको छ । मानिसको उमेर समूह, लिङ्ग, शिक्षा, आम्दानी, शारिरीक व्यायामले मधुमेह र उच्च रक्तचापमा प्रभाव पार्ने खोजकर्ताहरुले विश्लेषण गरेका छन् ।

मानिसले पिरो खानेकुराको साथै क्यालोरी, पौष्टिक पदार्थ, कार्बोहाइट्रेड, चिल्लो पदार्थ, चिनी र फाइबर पनि लिन्छ । तथ्यहरुले मानिसले खुर्सानीको प्रयोग बढि गर्दा मोटो हुने बताएका छन् ।

क्याप्सिकन बढि मात्रामा प्रयोग नगर्नुहोस । यसमा पोषण, फ्यालभोनाइड, लिपिड पाइन्छ । जसको बढि प्रयोग गर्दा मनिसको तौल बढ्छ ।

खानामा मानिसले पिरो कम गर्नुपर्छ । पिरो खानपानले मानिसमा विभिन्न विकारहरुको सामना गर्नुपर्छ । मुटु सम्वन्धि रोग, चयापचाय, किडनी तथा कलेजो सम्वन्धि विकार मोटोपनले नै हुनेगर्छ ।

पिरोले मानिसको भोकमा नियन्त्रण गर्छ भनिएको छ । मानिसको शरिरमा हुने शक्ति यसले नियन्त्रण गर्छ ।

पिरो खुर्सानीमा चिल्लोको मात्रा बढि हुने गर्छ भने क्यालोरीको मात्रा पनि बढि हुने गर्छ ।

मोटो मानिसको तौल कम गर्नु छ भने खुर्सानीको प्रयोग नगर्नुहोस ।
शारीरिक तौल एकाईले ६० नाघेका महिला र वयस्क मानिसमा पिरो प्रयोग गरेको कारण मोटोपन देखिएको जनाएको छ ।

पिरो खानेकुरा लिने मानिस चाँडै रिसाउने बताइएको छ । असन्तुलित आहारले मानिस विभिन्न सरुवा रोगको शिकार हुने बताइएको छ । पिरो खाना लिने मानिसको शरिर जलेको जस्तो अनुभव हुने, टाउको दुख्ने र रिङ्गटा लागेको जस्तो हुने बताइएको हो ।

विभिन्न एसियाली मुलुक नेपाल, भारत, चीन र अमेरिकामा मसलादार खानेकुरा प्रयोग गर्ने देशहरुमा पिरो बढि प्रयोग हुन्छ । तरकारी तथा मासुमा खुर्सानीको प्रयोग हुने हुँदा मोटोपन बढ्दै जाने तर्क विशेषज्ञ तथा खोज अभियानकर्ता हरुको तर्क छ ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार