राजगढ, ३२ जेठ । झापाको बाह्रदशी गाउँपालिका राजगढ बजारमा महिलाहरुको पाठेघर सम्वन्धी भि.आ.ए. टेस्ट निशुल्क परिक्षण सम्पन्न भएको छ । लायन्स क्लव अफ भद्रपुर र लियो क्लव अफ भद्रपुरको आयोजनामा तथा राजगढ सामुदायिक अध्ययन (सिकाई केन्द्र) को सह आयोजनामा निशुल्क भि.आ.ए. टेस्ट गरिएको थियो ।

बाह्रदशी गाउँपालिका २ र ३ को आर्थिक सहयोग रहेको निशुल्क परिक्षणमा ९० जना महिलाहरुले सेवा लिएका थिए । त्यसमा परिक्षण गर्दा ३ जना महिलाहरुलाई संकास्पद, १२ जनाको अंग खस्ने समस्या र ५०% महिला यौन समस्या देखिएको आयोजक संस्थाले जनाएको छ ।

नेपाल परिवार नियोजन संघ झापा साखाको प्राविधिक सहयोग रहेको पाठेघर सम्वन्धी भि.आ.ए. टेस्ट निशुलक परिक्षण कार्यक्रमको उत्घाटन प्रमुख अतिथि mgf second vdg lions international का सेक्रेटरी लिला प्रसाद चिमरियाले गर्नु भएको थियो ।

लायन्स क्लव अफ भद्रपुरकी अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि चिमरिया बाह्रदशी वडा नं. २ का अध्यक्ष भिम कार्की, वडा नं. ३ का वडा अध्यक्ष टंक शाह र राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष राम प्रसाद दुलालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै लियो लायन्सले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै शिविरबाट रोग निवारण र पहिचानका लागि सहयोग पुग्ने धारणा राख्नु भएको थियो । लायन्स क्लव अध्यक्ष शर्मिला अधिकारी स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रमको सहजिकरण संस्थाकी सचिव पार्वती ओझाको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार