मेची नगरपालिका – १५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर–१५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान ३ः३० बजेको समयमा भद्रपुरबाट धुलाबारी जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी श्रोतले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार रहेकोमा दुर्घटनामा परी मेचीनगर नगरपालिका–१० निवासी अन्दाजी २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै मेचीनगर–१० निवासी अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँका अन्दाजी २१ वर्षीय विवेक दनुवार गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ । (फाइल तस्बिर)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
10
+1
0
+1
1
+1
43
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार