अभिषेक खतिवडा । हल्दिबारी। हल्दीबारी गाउँपालिका वडा नंं-४ र ५ को सिमाना अधिकारी चोकमा शान्ति सुरुक्षालाई लक्षित गरेर आज सिसि क्यामेरा जडान गरिएको छ ।
हुलाकी राजमार्ग र नेत्र राजमार्ग क्षेत्र भित्र बाट हुने,चोरी ,तस्करी,दुर्घटना र लागू औषध ओसारपसार लाई न्यूनीकरण गर्ने क्यामेरा जडान गरिएको वडा नंं-४ का वडाअध्यक्ष सन्त कुमार थापा मगरले जानकारी दिनु भएको छ ।
हल्दिबारी गाउँपालिका बाट प्राप्त २ लाख ५० हजारको आर्थिक लागतमा नाइट भिजन क्यामेरा जडान गरिएको छ ।
सिसि क्यामेराको रेकर्डलाई जलथल प्रहरी चौकी र वडा नंं-४ वडाकार्यालय बाट प्रत्यक्ष निग्रानी हुने गरी वयवस्था मिलाइएको वडा अध्यक्षले जानकारी दिनु भयो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
+1
+1
+1
+1