भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रतिष्ठानको आयोजनामा बृहद साहित्यिक, साँस्कृतिक र साँगीतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासित लामो समय साथमा रहेका लेखक, विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यमा विश्वेश्वरप्रसाद कोइरालाको नेपाली साहित्यमा रहेको योगदान र नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा विज्ञ सर्जक समालोचकहरूसित सामूहिक छलफल समेत गरिएको थियो । छलफलमा नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षकमा प्रा. कविराज न्यौपाने, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा र लेखक लेखनाथ भट्टराईले विचार मन्थन गरेर धारणा राखेका थिए भने सहजीकरण लेकख समालोचक विवश पोखरेलले गरेका थिए ।

यस्तै नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा प्रा.डा. गंगाप्रसाद अधिकारी, लेखक डा. रत्नमणि नेपभल र साहित्यकार पुण्यप्रसाद खरेलले तथ्यपरक धारणा राखेको कार्यक्रमको सहजीकरण सर्जक लीला अनमोलले गरेकी थिइन् ।

गायक अर्जुन खरेल तथा गायिका अनिता पौडेलले गीत संगी प्रस्तुत गरेका थिए भने कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका १२ जना कवि कवयत्रीले आफ्ना रचना कविता वाचन गरेर सुनाएका थिए । केही बाल बालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार