उखुको जुसमा प्रचुर मात्रामा काब्रोहाइड्रेट, प्रोटिन, आइरन, पोटासियम, क्यालोरी,सोडियम,क्याल्सियम जस्ता पोषण तत्व पाइन्छ । त्यसो भए गर्मि महिनामा उखुको जुसले मानिसको शरिरलाई के–के कुरामा फाइदा पु¥याउँछ त ?

उखुको जुस पिउनाले पिसाव थैली तथा किडनीमा पत्थरीया भएका विरामीलाई फाइदा जनक हुने गर्छ । अर्को कुरा तपाईँको कलेजो विग्रिएको छ वा जण्डिस् लागेको छ भने उखुको जुस लाभदायक हुन्छ । गर्मि महिनामा शरिरको शक्ति घटेका मानिसका लागि र शरिरमा भएको सुख्खा, थकानको लागि उखुको जुस आवश्यक हुने गरेको छ ।

मुटुका विरामबाट ग्रसीत रोगीहरुलाई उखु खाँदा केही फरक नपर्ने बरु रक्त कोषिका तथा धमनीहरु संचालनमा फाइदा पुग्ने रहेको छ ।

मानिसको शरिरमा हुने अमिलोपन र पेट दुखाई छ भने पनि उखु पिउनु सकारात्मक मानिन्छ । दाँतका विरामी र सास गनाउने मानिसलाई उखुको जुस लाभदायक लिइन्छ ।

उखुको जुस निरन्तर पिउने बानीले तपाईँको बुढोपनलाई हटाउँदै लान्छ । यसमा भएको एन्टीअक्सिडेण्टले छालाका कोशिकालाई सधैं तेजिलो बनाउँछ ।

उखुको जुस दिनहँु पिउदै व्यायाम गर्नाले तपाईको तौल घट्ने सम्भावना बढेर जान्छ । शरिरको टोक्सीन हटाई प्रतिरक्षा प्रणाली बढाउन उखु प्रभावकारी फलफूल मानिन्छ ।

ट्राइपटोफ्यान र म्याग्नेशियम जस्ता भिटामिनले शरिरमा हुने तनाव, चिन्ता दुर गर्न र मानिस निन्द्रामा हुँदा थकान मेटाउन प्रभावकारी भूमिका खेल्छ । खाना पचाउन उखुको जुसले महत्वपूर्ण भूमिका खेल्छ ।
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार