अणु गल्प: सिग्नलको सन्देश

कोटेश्वरको ट्राफिक सिग्नलमा एकाएक ड्राइभर भाइले गाडी रोक्यौ। सामान बेच्ने कम उमेरका बाल बालिका गाडी गाडीमा पुगि झ्याल ढक्ढक्याउदै ऊनि हरु सँग रहेका सामान किनिदिने अनुरोध गर्नलागे। मैले पनि झ्यालको सिसा तल झार्दै हातमा चन्द्र सू्र्य अंकित झण्डा किनिदिनु होस न भन्दै गरेको फुच्चेलाई अलिक कड्किएरै कराए- पर जा ।

कहिले चाउ चाउ, कहिले पानी, कहिले तितौरा, कहिले झण्डा? के के चै बेच्दैनस् तइले? म अलिक रिसाए पनि उसले मुस्कुराउँदै जवाफ दियो- सर! देश बेचेको छुइन। मेहनत र पसिना मात्र हो।

ड्राइभर भाइले यतिकैमा गाडी हुँइक्याए। मन मनै सोचे- कास! यो सिग्नलमा देश बेचुवा मन्त्री, प्रधानमन्त्रीको पनि गाडी रोकिदो हो त!!!!

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार