हल्दिवारी, ११ असार । हल्दीवारी गाउँपालिका वडा नम्बर १ ले किसानहरुलाई सिचाइको मोटर वितरण गरेको छ ।
हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष देवि बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ७४ किसानलाई सिचाइ मोटर वितरण गरिएको थियो ।
वडाको सिलिङ बजेट ६ लाखमा साझेदारी कार्यक्रम मार्फत वडाको ५० र किसानको ५० प्रतिशत साझेदारीमा खरिद गरिएको सिचाइ मोटर प्रमुख अतिथि लगायतले हस्तान्तरण गर्नुभएको थियो ।
किसानलाई मोटर वितरण गर्दै प्रमुख अतिथि लिङ्देनले सहि सदुपयोग गरि कृषिबाट आत्मनिर्भर बन्न उनीहरुलाई आग्रह गर्दै किसान धनी भए, गाउँ समाज अनि देश धनी हुने जिकिर गर्दै प्रमुख अतिथि लिङ्देनले गाउँपालिकाले सधै किसानलाई सहयोग गर्न तयार रहेको समेत प्रष्ट पार्नु भएको थियोे ।
त्यसै कार्यक्रममा वडा नम्बर १ का ९ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत साइकल वितरण गरिएको थियो । उक्त कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन, वडा अध्यक्ष देवि बहादुर थापा, गोलधाप स्वास्थ्य केन्द्रका प्रमुख याम प्रसाद न्यौपाने लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु शान्ता सिवाकोटी, प्रकाश कार्की, रुपादेवी रसाइली, कुल बहादुर वान्तवा लगायतको उपस्थित रहेको कार्यक्रमलाई स्वागत वडा सदस्य प्रकाश कार्कीले गर्नु भएको कार्यक्रमको सहजीकरण वडा सचीव तुलसा खत्रीले गर्नुभएको थियो ।