भद्रपुर । माध्यमिक तह उत्र्रीण कक्षा १० (एसइई) को परिणामा अनुसार भद्रपुरमा एमरेल्ड एकाडेमीका छात्र अनुज कर्ण प्रथम भएका छन् ।

संस्थागत विद्यालयका कर्ण ३.९० जिपिएसंगै नगर प्रथम भएका हुन् भने सामुदायिक विद्यालयबाट वीरेन्द्र माध्यमिक विद्यालयका समृद्ध गुरागाई ३.८३ जिपिएका साथ प्रथम र सिम्रन दाहाल ३.८२ जिपिएसहित दोश्रो स्थानमा रहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिएका छन् । उनका अनुसार संख्यात्मक रूपमा विशिष्ठ श्रेणी ए प्लस १५ जनाका साथ वीरेन्द्र मावि प्रथम, ८ जनाका साथ एमरेल्ड एकाडमीले दोश्रो स्थानको नतिजा प्राप्त गरेको देखिन्छ ।
संस्थागत र सामुदायिक गरी २८ वटा विद्यालयले एस ई ई परीक्षा २०८० मा सहभागिता जनाएकोमा २ वटा विद्यालयको उत्र्रीण दर शून्य छ भने अन्य विद्यालयले न्युनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशतसम्म उत्र्रीण गराएको देखिन्छ ।

उत्र्रीण प्रतिशतमा सामुदायिकभन्दा संस्थागत विद्यालय नै अब्बल देखिएको भद्रपुरमा ९०.९१ प्रतिशत उत्र्रीण दर प्राप्त गर्दै भद्रपुर २ को ज्ञान सरोवार निकेतन प्रथम, ६८.५२ प्रतिशत सहित भद्रपुर ७ को एमरेल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो स्थान लिएको नतिजाले देखाउँछ । उत्र्रीण दर १.६४ कायम राख्दै भद्रपुर मावि अन्तिम स्थानमा देखिन्छ भने अनुत्र्रीण विद्यार्थी संख्या हुने विद्यालयमा भद्रपुर ६ को मोर्डन अंग्रेजी माध्यमिक विद्यालय र भद्रपुर १० मा रहेको सेन्ट कुजुर एकेडेमी रहेका छन् । यी दुवै विद्यालय निजी लगानीका संस्थागत विद्यालय भए पनि परीक्षाफल परिणामले कम्जोर सावित भएको देखिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार