हल्दिवारी । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा विषलु सर्पको डसाइ बृद्धि भएसंगै स्थापना भएको सर्पदंस उपचार केन्द्र बनियानीमा सर्पदंसका ७४६ जना विरामीको उपचार भएको छ ।

गाउँपालिका तथा आसपास सिमानामा बसोबास गर्ने मानिसलाई सर्पले टोकेपछि सर्पदंस उपचार केन्द्रमा आएका ७४६ विरामीको उपचार गरिएको स्वस्थ्य शाखाले जनाएको हो ।

२०७८ असार ३ गतेबाट संचालनमा आएको सर्पदंस उपचार केन्द्र बनियानीमा २०८१ असार १६ गतेसम्म नेपालका ६७३ जना र भारतका ७३ जना गरी ७४६ जनाको सफल उपचार गरिएको गाउँ स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए ।

प्रमुख यादवका अनुसार यस अवधिमा बिषालु सर्पले टोकेका नेपालका २६ पुरुष र २४ महिलाको उपचार गरिएको थियोे भने ३४३ पुरुष र २८० महिलाहरुको समेत अविषालु सर्पले टोकेर ल्याइएकाकोले सफल उपचार गरिएको थियो ।

त्यस्तै सोही समयमा भारतबाट उपचारका लागि आएका बिषालु सर्पले टोकेका ६ पुरुष र २ महिला र अविषालु सर्पले टोकेका ४० पुरुष र ५ महिलाको समेत निशुल्क सफल उपचार गरिएको छ हो ।
सर्पदंस उपचारलाई सहयोग पुग्ने हेतुले यहि असार १६ गतेबाट आधारभूत स्वास्थ्य केन्द्र बनियानीमा सेवा क्यानाडा इन्टरनेसनल र नेपालमा सेवाका लागि युवा भन्ने संस्था मार्फत प्राप्त प्रतिमिनेट १५० लिटर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लाट समेत जडान गरिएको प्रमुख यादवले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार