कविता: “विरहको चिता”

दव्य विलोचन बाट झरेका
आँसूका थोपाहरू त
सुकी सकेछन,
तर! रोदनको हरेक
सिसकीहरु तिमी लाई
टकटकी देखी रहने छन,
मलाई थाहा छ की
यि स्तब्ध ओठहरू त
अन्तर आत्माको धरातल बाट
प्रस्फुटित उत्कण्ठाहरु
केही भन्न लालायित छन,
तर अफसोस!
केही भन्न सक्दैनन्
बग्दैछु म अतीतको कल्पनामा,
एकपल भएपनि त
मन लाई शान्ति मिल्नेछ,
ख्यै! थाहा छैन मलाई
जीवनको अन्तिम किनार सम्म
माधुर्य स्मृतिहरु संग
लुकामारी खेल्नु नियति नै भयो,
स्तब्ध त भए यी ओठहरू
दिन र प्रत्येक क्षणहरु पनि
शुन्य र स्तब्धमय भयो,
अनि त म प्राणहीन भई
बिरहको चितामा जल्न लाई
स्वच्छन्द आफूलाई समर्पण गरें,
तथापि अतीतका पलहरु मा
आशाका किरणहरू अझै छन्,
जुन मानसमा सम्झँदा मात्र
म रोमान्चित भई रहन्छु
रोमान्चित भई रहन्छु।।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार