कविता: “बिक्रीमा छ”

मेरो गाउँ , बिक्रिमा छ
मेरो घर पनि ,बिक्रिमा छ।
मैले छोराछोरीलाई , पढाउन नसक्ने
मेरो स्कुल पनि , बिक्रिमा छ।।
म पनि त , बिक्रिमा छु
मेरो देशको बाटो , पनि बिक्रिमा छ।।
SLC परीक्षालाई , SEE बनाउदा
राजनीतिकहरुका , रवाफ बिक्रिमा छ।
कतै देशले , सुन्नै नसक्ने
मेरो परिस्थितिको , दबाब बिक्रिमा छ।।
मैले बोल्नै , नसक्ने
मेरो जनताको , अभाव बिक्रिमा छ ।।।
मैले करै कर , बुझाउने
त्यो गाउँपालिका पनि , बिक्रिमा छ।
मैले भोट , दिने
त्यो व्यवस्था पनि , बिक्रीमा छ।।
म पनि त , बिक्रीमा छु
मेरो देशको बाटो , पनि बिक्रीमा छ ।।।
मैले सुल्झाउने गरीबीको , आफ्नै परिस्थिति
कि यो देश निर्भर , बैदेशिक रोजगारमा छ।
यो देशले जनतालाई , दिने शिक्षाको निति
राजनीतिज्ञहरुको , संभारमा छ।।
कि म जनता , अन्धकारमा छु
कि यो देशको शिक्षा , अन्धकारमा छ ।।।

जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार