द्रोण अधिकारी गुयेली
प्रकृतिको स्वभाविक स्वरूपमा हरेक वर्ष परिवर्तनका संकेतहरू भित्रिन थालिसकेको अवस्था छ । यो जलवायु परिवर्तनको असरका रूपमा देखिन थालेको प्रकृतिको वितण्ड स्वरूप हो । जाडो वा गर्मीको समयमा विगतभन्दा भिन्न रूपमा प्रकृतिले आफूलाई प्रस्तुत गरिरहँदा विपतको रूप देखिन थालेको अवस्था छ । खासगरी प्रकृतिलाई मानिसले नियन्त्रण गर्ने प्रयास थालेकै कारण विपत नयाँ नयाँ स्वरूपमा आउने गरेको छ । सत्य कुरा के हो भने प्रकृतिमाथि मानिसको नियन्त्रण संभव छैन तर पनि मानिस विकास वा उन्नतिका नाममा प्रकृतिमाथि अतिक्रमण बढाइरहेको छ ।

प्रकृतिलाई मानिसले नियन्त्रण गर्न नसके पनि सही रूपमा उपयोग गर्न भने सक्छ । प्रकृति मानवका लागि सुखमय जीवन पनि हो तर, मान्छे आफ्नो जीवनका रूपमा रहेको प्रकृतिमाथि अतिक्रमण गरेर विजय हाँसिलको दौडमा लाग्दा प्रकृतिले प्रकोपको स्वरूप धारण गर्ने गरेको छ । प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, वर्षा, खडेरी, हिमपात, हुरीबतास जस्ता कुराहरू पर्दछन् । प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न सक्दछ । धनजनको क्षतिबाट जोगाउन सक्दछ । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँन सक्छ ।

अहिले वर्षाद ऋतु चलिरहेको छ । मौषम सकृय भएको केही दिनमै कोशी प्रदेशका अधिकाम्स जिल्लामा बाढी कटान, पहिरो, डुवान लगायतका विपतका पूर्व संकेतहरूको सामना गरिरहनु परेको अवस्था छ । यही संकेतलाई मात्र आधार मानेर भन्ने हो भने प्रकृतिभन्दा मानिस कहिल्यै शक्तिशाली बन्न सक्दैन । यस सत्यलाई मानिसले भुल्दै गएका कारण प्रकृति विपरित कर्म अगाडि बढाइरहेको छ, परिणाम प्रकोपको सामना मानिसले नै गरिरहनु परेको छ । प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, अधिक वर्षा, खडेरी, हिमपात, हुरीबतास जस्ता कुराहरू पर्दछन् । प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न भने सक्दछ । धनजनको क्षतिबाट जोगिन सक्दछ । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँदछ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसलाई दुःख दिने वर्षादका कारण उत्पन्न बाढीपहिरो प्रमुख रूपमा रहेको छ । हरेक वर्ष वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएको हामी सुन्दै, भोग्दै आइरहेका छौं । यस्तो बाढीपहिरोलाई न्यूनीकरण गर्न बाढी आउने ठाउँमा रोकथामका लागि वृक्षारोपण गरिनु पर्छ । खोलाका किनारामा अनियन्त्रित कटान रोक्न तटबन्ध बाँध्नु पर्छ । वन जङ्गलको संरक्षण गर्नुपर्दछ । खोला किनाराबाट अत्यधिक बालुवा, गिटी निकाल्नुहुँदैन ।

हरेक वर्ष जाडोयाममा धेरै वा थोरै जाडोको अनुभव हुनु प्रकृतिले आफ्नो रूप बदल्ने संकेत गर्नु हो भने गर्मीयाममा तापमान बढेर सहन नसक्ने अवस्था आउनु विपत उन्मूख प्रकृतिको स्वरूप देखिनु हो । त्यस्तै वर्षात्मा पानी कम पर्नु अथवा ढिलो, छिटो पानी वर्षने अवस्थाले पनि विपतको संकेत गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसलाई दुःख दिने बाढीपहिरो प्रमुख रूपमा रहेको छ । त्यसपछि खडेरीका कारण हुने आगलागीले धेरै मानिसको धनजनको क्षति गर्ने गरेको छ । हरेक वर्ष हिउँद सकिने बित्तिकै खडेरी लम्बिने र आगलागीका घटना हुने गरेको पाइन्छ भने वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएको हामी सुन्दै÷देख्दैै आइरहेका छौं । बाढीपहिरोलाई न्यूनीकरण गर्न बाढी आउने मुख्यमुख्य ठाउँमा वृक्षारोपण गर्नु पर्दछ । खोलाका किनारामा तटबन्ध बाँध्नुपर्दछ । वन जङ्गलको संरक्षण गर्नु पर्दछ । खोला किनाराबाट अत्यधिक बालुवा, गिटी निकाल्नुहुँदैन । पहिरो जाने ठाउँमा पानीको निकास छोड्नु हुँदैन । पहिरो जाने क्षेत्रमा वर्षाको समयमा खेतीपाती पनि गर्नुहुँदैन । खेतीपातीले गर्दा माटो कमलो भई पहिरो जाने झन् बढी सम्भावना रहन्छ । यस्ता आधारभूत ज्ञान हामीले ग्रहण नगर्दा हरेक वर्ष सयौंले ज्यान गुमाउने हजारौंले घरबास छोड्नु पर्ने, हजारौं रोपनी खेती योग्य जमीन सधैंका लागि गुमाउनु पर्ने विषम परिस्थिति भोगिरहेकोे अवस्था छ । त्यस्तै आगलागी रोक्न पानीका मुहान सुरक्षित राख्ने, खडेरीको समयमा प्रज्वलनशील पदार्थलाई सुरक्षित स्थानमा राख्ने गर्नु पर्दछ ।

हरियाली वातावरण संरक्षित हुने कार्य निरन्तर अगाडि बढाउने हो भने आगलागी न्युनीकरण हुन सक्छ । खडेरी पर्ने प्रमुख कारण वनजंगल विनास भएको सत्यलाई स्वीकार गरेर वनजंगलको सुरक्षामा ध्यान दिएर हरित वातावरण बनाउन सक्ने हो भने खडेरीको समस्या भोग्नु पर्दैन । यस्तो विपतजन्य अवस्था कम गर्न राज्यले पनि उचित योजना, नीति नियम निर्माण गर्न सकेको अवस्था छैन ।

अत्याधिक जनसङ्ख्या वृद्धि, वातावरणीय सन्तुलनको अभावमा नेपालमा हरेक वर्ष अधिक वर्षा तथा खडेरी पर्ने क्रम बढ्न थालेको छ । यस विषयमा हामी नेपालीले सजग र सचेत भएर सोच्न जरुरी भइ सकेको छ । त्यस्तै वातावरणीय सन्तुलनको अभावमा जताभावी हिमपात हुने र अनावश्यक हुरीबतास आउने क्रम पनि बढ्दो छ । यस्ता प्राकृतिक प्रकोपबाट बच्न, आउने सम्भावित खतराबाट बचाउन, सुरक्षित बसाइको व्यवस्था गर्न जरूरी छ । यदि बसाइ सुरक्षित भएन भने मानवको जीवन र धनको क्षति हुन सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन । यस वर्षको खडेरी निकै लम्बने संकेत देखिदैछ । आउने वर्षादका तीन महिनामा पूर्व मेचीदेखि महाकालीसम्म हजारौं नागरिक बाढी र पहिरोबाट प्रताडित हुने अर्को संकेत यस खडेरीलाई लिनु पर्छ । बेलैमा सचेत हुन सकिएन भने अरबौंका भौतिक संरचना क्षतविच्छेद हुने छन् । विकासका गतिविधिमा समेत अवरोध आउन आउने छ । यस्ता विनासका घटना पहिलो पटक भएका भने होइनन् । तर, हरेक वर्ष यी र यस्ता घटना बढ्नुचाहिँ चिन्ताको विषय हुन सक्छ ।

प्राकृतिक विपत हरेक वर्ष बढ्दो रूपमा रहँनुचाँहि चिन्ताको विषय हो । प्रकृति अनुकुल बन्न सक्दा प्रकोप घट्न सक्ने वैज्ञानि तर्क छ । विकासका नाममा अव्यवस्थित कटान गरेर सडक खन्ने, वन जंगल मास्ने, खोला—नदी दोहन गर्ने कार्यले खडेरी, बाढी पहिरोको स्वरूपमा परिवर्तन भएको सत्यलाई बिर्सनु हुँदैन । हरेक वर्ष बढ्दै गइरहेको प्राकृतिक प्रकोप नियन्त्रण गर्न सवै पक्ष सचेत हुन जरूरी छ । सवैले साझा समस्या मानेर प्रकोप नियन्त्रणका लागि प्रतिबद्ध नभएसम्म प्राकृतिक प्रकोपसित जुध्न सकिदैन । प्रकृति हाम्रो जीवन हो यसलाई हामीले नै संरक्षण गर्नु पर्दछ । कृतिम वस्तुका कारण प्राकृतिक स्वरूप बिग्रनु हुँदैन । भौतिक उन्नतिका नाममा विषाक्त रसायनले प्रकृतिको वास्तविक रूप बिगार्ने कार्य नरोकिएसम्म प्राकृतिक विपत्ति घट्ने संभावना पनि देखिदैन । मानिसलाई थाहा छ, उसले गरिरहेको प्रकृति विरोधी कामले आफ्नै अस्तित्व कम्जोर बनिदैछ ।

विकासका नाममा अव्यवस्थित कटान गरेर सडक खन्ने, वन जंगल मास्ने, खोला—नदी दोहन गर्ने कार्य बाढी पहिरोको स्वरूपमा परिवर्तन भएको सत्यलाई बिर्सनु हुँदैन । हरेक वर्ष बढ्दै गइरहेको प्राकृतिक प्रकोप नियन्त्रण गर्न सवै पक्ष सवै ठाउँबाट सचेत हुन जरूरी छ । भौतिक विकास हामी मानिसले नै गरेका हौं तर त्यस्तो विकास प्रकृति प्रतिकुल गरियो भने सजाय स्वरूप प्राकृतिक प्रकोप भोग्नु पर्ने दिन आउन सक्छ । यो वर्ष विज्ञहरूले कोशी प्रदेशमा मात्र हजारौं नागरिक वर्षादका कारण विस्थापित हुन सक्ने चेतावनी दिइरहेका छन् । ठूला नदी तथा खोलाहरूको बहाव परिवर्तन भएर बस्ती कटान, डुवानको समस्या आउन सक्ने पूर्व संकेत विज्ञहरूले दिइरहँदा पनि हामी सचेत हुन सकेनौं भने प्रकोपकै कारण हाम्रो ज्यान जान सक्छ । अर्थात् प्राकृतिक मृत्यु वरणको अवसर कम हुने र भवितव्य जन्य विपतका कारण मर्नु पर्ने दिन आउन सक्छ ।
तर पनि मानिस विज्ञान र प्रविधिका नाममा प्रकृतिमाथि अतिक्रमण बढाइरहेको छ । त्यसैको प्रतिफल आज हरेक समयमा विपतसित लडिरहनु परेको छ । वर्षका हरेक महिना प्रकृतिका स्वरूपमा देखिने गरेको भिन्नतालाई पहिचान गरेर विपतको सामना गर्न नीतिगत व्यवस्था गरेर राज्य नै लागि पर्ने अवस्था निर्माण हुनु अवको आवश्यकता हो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार