बिर्तामोड स्टडी पार्क इलाम शाखाले एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीको शैक्षिक प्रगति र बालबालिकाको शिक्षाको क्षेत्रलाई मध्यनजर गर्दै स्टडी पार्कले कक्षा सञ्चालन गरेको निर्देशक सरोज पौडेलले जानकारी दिए । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्टडी पार्कले आफ्नो इलाममा रहेको शाखामा एसईईमा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको इलाम शाखा प्रमुख दिलिप पौडेलले बताए ।

बिर्तामोड स्टडी पार्कले लामो समयदेखि विद्यार्थीको पढाइको क्षेत्रमा रचनात्मक कामहरु गर्दै भाषाका प्रशिक्षणहरु गर्दै आएको छ । स्टडी पार्कले विदेश पढ्न जान चाहाने विद्यार्थीका लागि काउन्सिलङ  गर्ने गरेको छ । त्यस्तै केही समय अघि मात्र इलाम बजार र फिक्कलमा आफ्नो शाखा विस्तार गरेको स्टडी पार्कले छोटो समयमा धेरै विद्यार्थीको मन जित्न सफल भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार