नजानेको र नबुजेको बाटोमा
लै लै मा हिडेका “विहान”हरु
भिड बाट लड्नु स्वाभाविक नै हो
चतुरे नाइकेहरु मन्त्री बन्नु नियति भो
वास्तविकता सपना जस्तो काहाँ हुन्छ र?
सिङ्गो पिँडीनै अपाङ्ग भो ।
भो साथी! विगत नकोट्याउ चर्किन्छ मात्र,
नसोध नाइकेलाइ बारम्बार
इनसाफ चाहिन्छ भनेर ।
हो, ऊ आज भोलि
झर्किन्छ मात्र।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार