हल्दिबारी, ३० असार । झापा बिर्तामोड स्थित बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट लागु गर्ने जनाएको छ । आज आइतबार पत्रकार सम्मेलन गर्दै बिएण्डसीका जनसम्पर्क अधिकृत एवं प्रवक्ता प्रमिश गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिनु भएको छ ।

गिरिका अनुसार १० वटा दर्ता काउन्टरबाट विरामीलाई सहजै सेवा दिने गरि तयारी गरिएको छ भने लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिइने छ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड तथा बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौता बमोजिम साउन १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिन लागे छ भने पुर्वाञ्चल क्यान्सर अस्पतालमा भने बिमा कार्यक्रम लागु भएको छैन ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरुलाई औषधी, स्वास्थ्य परीक्षणहरु, सर्जरी लगायतमा सुविधा उपलब्ध गराइनेछ । बिएण्डसी अस्पतालमा २४ सै घण्टा ईमरजेन्सी सेवा सहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्म रोग लगायतका सेवाहरु रहेका छन् । मोडुलर अपरेसन थिएटर, सिटि स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरु गरिदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा.विरेन्द्र यादवले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार