हल्दिबारी । हल्दिबारी गाउँपालिकाले कृषक तथा उद्यमी महिलाहरुलाई कृषि औजार तथा सामग्री हस्तान्तरण गरेको छ ।

हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व उपप्रधान, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषक तथा उधमी महिलाहरुलाई कृषि औजार तथा सामग्री हस्तान्तरण गरिएको थियो ।

कृषक तथा उधमिहरुलाई सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लिङ्देनले आफुले पाएको सामाग्रीको सहि सदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गर्नु भएको थियोे । आफ्नो पनि पैसा परेको सामाग्रीको माया हुने बताउदै पाएको सामाग्री नबेची सदुपयोग गरि आय आर्जनमा लाग्न अनुरोध समेत गर्नु भएको थियोे ।

त्यसै गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले २०८०/०८१ को बिनियोजन गरिएको रकम र किसानको साझेदारीमा करिब १५ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको बताउदै ,आगामी बर्षदेखी ५ वटै वडाका १/१ जना उत्कृष्ट किसानलाई नगदसहित पुरस्कृत गरिन लागेको समेत  बताउनु भएको थियोे ।

गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा ५ वटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना कृषकलाई मकै रोप्ने आधुनिक मेसिन हस्तान्तरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्र ले जानकारी दिनुभएको छ ।

त्यस्तै सोही कार्यक्रममा १८ जना उद्यमी महिलालाई सिलाई मेसिन, पिको मेसिन, इन्टरलक मेसिन, टेबल–सोकेस, इन्भर्टर–ब्याट्री, हेयर ड्रायर क्लिमिङ, स्ट्रेट आइरन, दुई वटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस लगायतका अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार