झापा, ७ असार । आज साउनको पहिलो सोमबार झापाको अर्जुनधारा लगायत देशभरका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना गर्दा मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहेकाे छ ।
साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् भने यस वर्ष साउन महिनामा चार वटा सोमबार रहेकाे छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1