काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्-श्रीमती हुन् भने ४ वर्षिय अधिराज उनीहरूका छोरा हुन् ।

पारिवारिक स्रोतका अनुसार मनुराज प्राविधिक हुन् । सौर्य एयरले विमानमा कर्मचारीहरु सवार रहेको जनाएको छ । मनुराजकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेकी थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि पत्नी बच्चासहित सँगै जान लागेकी थिइन् ।

प्रिजा खतिवडा १० वर्षदेखि ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत थिइन् । ऊर्जा सचिवको सचिवालय कार्यरत उनी करारको कर्मचारी हुन् । प्रिजा नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरीसमेत हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार