काठमाडौं, १० साउन । राजनीतिक विश्लेषक एवं प्रा.डा.सुरेन्द्र केसीले कांग्रेस-एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व दिन नसक्ने बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो गठबन्धन धेरै लामो समय पनि नटिक्ने बताए । प्रा.डा. केसीले आगामी दशैंपछि कांग्रेस-एमाले पुनः मिल्नसक्ने सम्भावना रहेको बताए ।

‘अहिले कांग्रेस-एमाले ठीक छ भनौंला, दशैपछि फेरि पल्टुराम (माओवादी) र कांग्रेसको गठबन्धन भयो भने त्यतिबेला के भन्ने ? प्रा.डाज्यू त्यतिबेर यसो भन्नुहुन्थ्यो, अहिले यसो भन्नुहुन्छ अब तपाईँ के भन्नुहुन्छ भनेर पत्रकारले भन्यो भने अनि मैले के जवाफ दिने ? नेपालमा राजनीतिको जे अभ्यास भइरहेको छ । यो ठीक भइराखेको छैन,’- उनले भने ।

साथै, नेपालमा संविधान र प्रणालीमा समस्या नरहेको उनको दाबी छ । प्रा.डा.केसीले नेताहरुको आचरण र संस्कारमा समस्या रहेको दाबी गरे । नेपालका राजनीतिज्ञहरु पूणर्रुपमा अनैतिक रहेको उनको आरोप छ । उनले काठमाडौंमा मेलम्चीको पानी नआएझैं कांग्रेस-एमाले गठबन्धन सरकारबाट पनि जनताले केही नपाउने उनले बताए । साथै, उनले देशको उच्च ओहदामा रहेकामध्ये ९० प्रतिशतको एउटा न एउटा प्रमाणपत्र नक्कली रहेको दाबी गरे । उनले आफूले २० वर्षदेखि यो कुरा भन्दै आएपनि केही कसैले नसुनेको बताए । अब हुने प्रधानन्यायाधीशदेखि प्रधानसेनापतिको लाइनमा रहेकाहरुको पनि कुनै न कुनै प्रमाणपत्र नक्कली रहेको उनको दाबी छ ।

‘पछिल्लो प्रधानन्यायाधिशको लाइनमा जो हुनुहुन्छ, उहाँका सबै प्रमाणपत्रहरु सन्दिग्ध छन्, केरमेट गरिएको छ भन्ने छ । मैले त चानचुन २० वर्षदेखि भन्दै आएको कुरा के हो भने नेपालको माथिल्लो तहका सबै मानिसहरुको, कमसेकम ९० प्रतिशत मानिसहरुको दुईवटामध्ये एउटा कागज नक्कली छ । पहिलो उसको शैक्षिक प्रमाणपत्र नक्कली छ, दोस्रो नागरिकता केरमेट गरिएको छ, नक्कली छ । अहिलेको हुनेवाला प्रधानसेनातिको कुरा पनि त्यही हो । उहाँका दुई तीन वटा प्रमाणपत्रहरु केरमेट गरिएको पाइयो । जन्ममिति हेरफेर गरेकोदेखि लिएर नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा पनि केरमेट गरिएको पाइयो,’- उनले भने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार