१२ श्रावण, काठमाडौं/५८औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसकाे उपलक्ष्यमा जेभियर इन्टरनेशनल  स्कूलद्वारा आफ्नै प्राङ्गण मैजुबहाल,चाबहिलमा बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएकाे छ ।

उक्त बिशेष कार्यक्रमका प्रमुख आतिथ्यता गर्नुहुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई आजकाे पुनीत दिनमा स्कूलका प्रधानाध्यापक प्रदीप बज्राचार्यद्वारा दाेसल्ला ओढाएर कदर-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियोे । साे कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका निर्देशक माक्राेबायाेलाेजिष्ट पवनकुमार गुप्ता बिशेष अतिथि रहनुभएकाे थियो । कार्यक्रमका सभापति एवं बिद्यालयका प्रधानाध्यापकद्वारा खादा पहराई मायाकाे चिनाे प्रदान गरिएको साे कार्यक्रमकाे संयाेजन तथा सञ्चालन कृष्ण पाेखरेलले गर्नुभएको थियोे ।

स्कूलद्वारा प्रथमपटक आयाेजित उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूषगरि जम्मा ५५ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार