कचनकवलकाे भुतेश्वर शिव मन्दिरमा बोलबम मेला, दर्शन गर्न आउने भक्तजनहरुकाे घुइँचो हल्दिबारी संवाददाता सोमबार, साउन १४, २०८१ बनियानी, १४ साउन । भुतेश्वर शिव मन्दिरमा सावन पर्व (बोलबम) मेला २०५६ सालदेखि शुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कचनकवल गाउँपालिका – १ साविक घेरावारी – ९, डाकुपाडामा रहेको शिव मन्दिरको स्थापना २०१२ सालमा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्यमण सिंह राजवंशीले जानकारी दिए । स्थानीय समाजसेवी स्व.वैधनाथ राजवंशीले उपलब्ध गराएको २ बिगाहा १६ कट्ठा जमिन मध्ये मन्दिरले १ बिगाहा १६ कट्ठा र स्थानीय आर्यघाट व्यवस्थापनको लागि १ बिगाहा जमिन छुट्टाएर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई बताउँनु हुन्छ । पालिका ,प्रदेश र विभिन्न दाताहरूको सहयोगमा भुतेस्वर महादेवको शिव मन्दिर लाई पर्य – पर्यटन सग जोडेर भक्तजनको आस्थाको केन्द्रको रुपमा आशालाग्दो रूपमा बिकास निर्माण भएको देख्न सकिन्छ । २०१२ सालमा दुइजना साधुहरुले मन्दिर स्थापना गरेपनी त्यस समयको डाकाहरुले पटकपटक डकैती गरेर मन्दिरको दान समेत लुटपाट गरेपछि साधुहरु छोडेर हिडेका र त्यही आस्थाको केन्द्रलाई जिवित राख्न भुतेस्वर शिव को नामले नामाकरण गर्दै स्थानीयले २०५६ देखि सावन पर्व ,बोलबम मेला लगाउन थालेको मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष पदमलाल राजवंशी बताउछ्न । नेपाल भारतका लाखौं भत्तजनले बोलबम मार्फत आफ्नो मनकामना पुरागर्न भुतेश्वर महादेवको दर्शन गर्ने गरेको र भाकल अनुसार सुन, चादी र बहर गोरु शिवलाई अर्पण गर्ने गरेको समितिले जनाएको छ। मन्दिरको महिमालाई देश बिदेशमा समेत पुर्याउनु पर्ने प्रदेश सभा सदस्य माननीय भुमी प्रसाद राजवंशी बताउनु हुन्छ । एउटा गुरु योजना बनाएर भारतको २ किलोमीटर सिमाना नजिकै रहेको यस क्षेत्रको धार्मिक एवं पर्यटकीय बिकासको लागी स्थानीय सरकार सगको सहकार्यमा काम अगाडि बढाएको समेत बताउनु भएको छ । आदिवासी राजवंशी समुदाय रहेकोे यश ठाउँमा भुतेस्वर महादेवको दर्शन गर्दा आफ्ना मनकामना पूरा हुने बिश्वासका साथ पत्येक सोमबार ,शिवरात्री र सावन पर्वमा ( बोलबम ) मा लाखौं भक्त जनहरुको उपस्थित रहदै आएको छ । याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे? +1 1 +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email Post Views: 233