हल्दिवारी । बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा चार जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा न.–७ घर भई बिर्तामोड नगरपालिका वडा न. ५ स्थित सुब्बा चौक खानेपानी ट्याङकी छेउ बस्ने तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ वर्षीय विजय मगरको डेरामा त्यसरी जुवातास खेल्दै लागूऔषध बेच्दै गरेको भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मगरको कोठाको खान तलासी लिँदा तास एक बुक, इलाम माई नगरपालिका २ बस्ने ३० वर्षीय रुपेश ढुङ्गानाको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर, मेचीनगर नगरपालिका ९ बस्ने ४५ वर्षीय शेरबहादुर लिम्बूको साथबाट नगद रु. १२० , अर्जुनधारा नगरपालिका ७ बस्ने ३२ वर्षीय विजय मगरको साथबाट नगद . १४५० र सोही ठाउँ बस्ने ३७ वर्षीय विदुर मगर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार