हल्दीबारी, २३ श्रावण । हल्दीबारी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखिकरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ । हल्दीबारी गाउँपालिकाको सभा हलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले आशा अपेक्षा गरे अनुसारको प्रतिफल निकाल्न सवै सरोकारवालाहरुले सहयोग दिनु पर्नेमा जोड दिनु भएको थियो । अपाङ्गता भएकाहरुका लागि पहिले देखिनै कार्यक्रमहरु संचालन भएता पनि टाठाबाठाहरुले नै फाइदा लिई रहेको अवस्थामा करुणा फाउण्डेसनको सहयोगमा संचालन हुन लागेको यस कार्यक्रमले हल्दिबारीमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई फाइदा पुग्ने बताउदै पालिकाले यस कार्यक्रमलाई महत्वको साथ सहयोग गर्ने बताउनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरु सामुदायिक विद्यालयका प्र.अ. हरु, स्वास्थ्यकर्मीहरु, ३ वटै प्रहरी चौकीका प्रमुख, अपाङ्गता भएका ब्यक्तिहरुका संघसंगठनका प्रतिनिधिहरु, गाउँपालिकाका विभिन्न साखाका प्रमुख तथा कर्मचारी एवं संचारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा कार्यक्रमको औचित्य माथि प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले अपाङ्गता रोकथाम, पुनःस्थापना कार्यक्रम कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, हल्दिबारी गाउँपालिका र करुणा फाउण्डेशनको साझेदारीमा ३ बर्ष सम्म संचालन हुने बताउँदै यस कार्यक्रमबाट हल्दिबारीमा अपाङ्गता रोकथाम न्युनिकरणमा सहयोग पुग्ने बताउनु भएको थियो ।

त्यसै गरि करुणा फाउण्डेसनका प्रतिनिधि कमल कोइरालाले कोशी प्रदेशका हल्दिबारी लगाएत १०७ स्थानिय तहमा यो कार्यक्रम संचालन भएको जानकारी दिदैं हल्दीबारीमा मात्र जनगणना अनुसार ८ सय ७२ जना अपाङ्गता भएको ब्यक्ति देखिएता पनि २६६ जनाले मात्र सेवा सुविधा पाईरहेको अवस्थामा यस कार्यक्रमबाट पहुचमा नपुगेका ब्यक्तिले सम्म सेवा प्रवाह प्राप्त गर्ने बताउनु भएको थियो ।

यस कार्यक्रमको उद्देश्य गर्भबाटै अपाङ्गता रोकथाम गर्नु, अपाङ्गताभएका ब्यक्तिहरुलाई स्वास्थ्य, शिक्षा पुर्नस्थापना सेवा प्रवाह गर्दै उनिहरुको घरघरमा गएर कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ । तिन बर्ष सम्म यो कार्यक्रम संचालन रहने गरि बार्षिक करुणा फाउण्डेसनले १८ लाख, सामाजिक विकास मन्त्रालयको १८ लाख र हल्दीबारी गाउँपालिकाको १८ लाख रुपैयाँको बजेट बिनियोजन गरेको कार्यक्रमका सहजकर्ता समाजिक विकास अधिकृत राजन न्यौपानेले जानकारी दिनु भयो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार